लम्बिेनी मेडिकल कलेज कमजोरी लुकाउर्दै,गल्ती ढाकछोप गर्न रोजारीको आश्वाशन

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

असार २८, २०७६ पाल्पा :

लुम्बिनी मेडिकल कलेज पाल्पाले नवजात शिशुका परिवारलाई निःशुल्क उपचार र रोजगार दिने भएको छ ।

कलेजले शुक्रबार अस्पतालबाटै हराएका नवजात शिशुका बुवालाई रोजगार, सुत्केरी आमा र बच्चालाई निःशुल्क उपचार गर्ने भएको हो ।शुक्रबार हराएको बच्चा सकुशल भेटिएपछि मेडिकल कलेज प्रशासन र पिडित पक्ष बीच भएको छलफल पछि रोजगार र निःशुल्क उपचार गर्ने लिखित सहमति भएको अस्पतालका अध्यक्ष गोपाल प्रसाद पोखरेल र तानसेन नगरपालिका-९ का वडा अध्यक्ष हरि सुमर रेग्मीद्वारा हस्ताक्षरित प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

सुत्केरी बेथा लागेर अस्पताल पुगेकी तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाले शुक्रबार विहान ११ बजे लुम्बिनी मेडिकल कलेज प्रवासमा छोरालाई जन्म दिएकी थिईन् ।  सुत्केरी रानासँगै उनकी आमा र श्रीमान समेत साथमा रहेका थिए । सुत्केरी जमुना अर्धचेत रहेको अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्याण्टीनमा गएकी थिइन् । उनीसँगै एकजना अपरिचित महिला पनि सँगै गइन । सँगै गएकी ती अपरिचित महिलाले त्यो शिशु समातेको र आफुले ज्वानोको झोल लिएर छोरी समक्ष पुग्दा ती महिला नआएको सुत्केरी जमुनाकी आमाले बताईन् ।

लामो समय सम्म पनि शिशु लिएर नआएपछि खोजी कार्य गरिएको थियो । सुत्केरी जमुना, श्रीमान र आमा सीधा स्वाभाव भएका कारण चार दिनदेखि बच्चाको खोजीमा अस्पताल (एलएमसी) आएकी विमकला पाण्डेले उनीहरुको सीधापन र अस्पतालका कर्मचारीहरुको चरम लापरवाहीको फाईदा उठाउदै बच्चा चोर्न सफल भएकी थिईन् । अस्पतालमा जन्मिएको चार घण्टामै चोरिएको शिशु स्याङ्जाको र्मिमीमा भेटिएको थियो । प्रहरीले बच्चा र चोरी गर्ने महिलालाई शनिवार विहान ८ बजे कोठाबाटै नियन्त्रणमा लिएको हो । बच्चा सकुशल रहेको र उनलाई भर्ना गरी राखिएको अस्पतालले जनाएको छ ।