ढुङ्गे पहिरोले मोटरसाइकल पुर्दा चालकको घटनास्थलमै मृत्यु, सिद्धार्थराजमार्ग अवरुद्ध

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,असार २८ ।
सुनिल कार्की ।
सिदार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडकखण्डको तिनाउँ गाउँपालिका ३ हेडबक्स नजिकै पहिरोले मोटरसाइकल पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
लु ५० प ४६७१ नम्बरको मोटरसाइकललाई ढुंङ्गे पहिरोले च्याप्दा निस्दी गाउँपालिका ४ का ३१ वर्षीय धन बहादुर सुनारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । लेदो सहितको ठुलो पहिरो गएकोले दुई वटा जेसीविको मद्धतमा नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायतको टोलीले पहिरो पन्छाउने काम जारी राखेको छ ।
निरन्तर पहिरो खस्ने क्रम नरोकिदा बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाउने पयास जारी रहेको प्रहरीले जनाएको छ ।