अवरुद्ध बुटवल पाल्पा सडक खुल्यो

तिनाउ राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा,असार १२ ।
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्ड दुई तर्फी नै सञ्चालनमा आएको छ ।

सडकखण्डको तिनाउ गाउँपालिका ३, मा पहिरो जाँदा एकतर्फी मात्र सञ्चालनमा आएको सडक अहिले खुलेको हो । विहान ८ः५० मा पहिरो जाँदा अवरुद्ध बनेको सडक स्थानीय, दोभान प्रहरी र जेसीवि डोजरको साहायतामा हटाएर यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जुनसुकै बेला पानी पर्ने सम्भावना भएकाले सावधानि अपनाउन प्रहरीले आग्रह गरेको छ ।