तानसेनमा ब्यापक हावाहुरी,विजुलीको पोलको उच्च जोखिम

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

असार ३,पाल्पा ।
सुनिल कार्की ।
सदरमुकाम तानसेन सहित जिल्लामा ब्यापक हावाहुरी चलेको छ । नेपालमा मनसुन सुरु हुने क्रम सुरु भएसँगै हावाहुरी चलेको हो । हावाहुरीले तानसेनको जनजीवन कष्टकर बनाएको छ ।

                                                          तानसेन ६ दिपप्रगति टोलमा ढल्ने अवस्थमा पुगेको विजुलीको पोल । तस्वीर राजेश भट्टराई 

हावाहुरी चलेसँगै हिड्डुल गर्ने बटुवा,विद्यार्थी, व्यापारीसँगै अन्य स्थानियलाई समस्या भएको छ । स्थानियलाई घर बाहिर आवतजावत गर्न कठिनाई भएको स्थानिय व्यापारी मणी न्यौपाने बताउनुभयो । व्यापारिक पसलका होडिङ्गबोड हावाले उडाउदा सडकमा आवतजावत गर्नेलाई जोखिम भएको न्यौपानेले बताउनुभयो ।

ढल्ने अवस्थामा पुगेका विजुलीका पोल र तर्लाङ्ग तुर्लङ्गगका विजुलीका नाङ्गो तार कति खेर एकआपसमा जोडिएर करेन्ट लाग्ने हो भन्ने त्रासमा स्थानिय रहेका छन । ढल्ने अवस्थमा पुगेका विजुलीको तारको सही व्यवस्थापनमा भने पाल्पा विद्युत वितरण केन्द्र तानसेन शाखाले प्रभावकारी काम गर्न सकेको छैन ।

सामान्य हावाहुरी र आकाशमा कालो बादल देखिन पाल्पाको विजुली जाने समस्या पनि कायमै रहेको छ ।