सेयर गर्नुहोस
हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाहीसहित १६ जना बेपता भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।
जीपमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको साहयक प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिए । स्थानीयका अनुसार जीपमा १६ जना यात्रु सवार थिए ।
अहिलेसम्मको खोजीमा पनि जीप भेट्टाउन सकिएको छैन । नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनाको टोलीले अहिले बेपत्ता भएको जीपको खोजी गरिरहेको छ । सदरमुकामबाट दुईओटा हेलिकोप्टरमार्फत प्रहरी र स्थानीयको टोली घटनास्थल पुगेका छन् भने स्थानीय प्रहरी टोली पनि जीपको खोजीकार्य गरिरहेको छ ।