पाल्पा प्रहरीले जसले उत्पादकसँग होइन बजारबाट सिधै उठाउछ घरेलु रक्सी

तानसेन समाचार
सेयर गर्नुहोस

पाल्पा,जेठ ३१ ।
जिलला प्रहरी कार्यालय पाल्पाले सदरमुकाम तानसेन आसपासबाट घरेलु रक्सी बरामद गरि नष्ट गरेको छ ।
जिल्ला सदरमुकाम तानसेन बजारका होटल तथा रेष्टुरेन्टबाट करिब ५०० लिटर बढी मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज सापकोटाले बताउनुभयो ।


जिल्लालाई सुरक्षित र अपराधमुक्त बनाउने अभियान अनुरुप प्रहरीले थालेको अभियान अन्तर्गत प्रहरीले तानसेन बजार, बर्तुङ्ग, चिलाङ्गदी,रम्दी दोभान,आर्यभञ्याङ्ग लगाएतका ठाँउवाट अबैद घरेलु मदिरा बरामद गरिएको डिएसपी सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाका १० वटै स्थानिय तहको समन्वयमा घरेलु मदिरा उत्पादनमा लागेका महिलालाई अन्य वैकल्पीक पेशा व्यवासायमा आवद्ध गराउने योजना प्रहरीले बनाएको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वमणी पोखरेलले बताउनुभयो । प्रहरीले अहिले सम्म घरेलु मदिरा उत्पादकसग सिधै समात्नु भन्दा पनि होटल तथा रेष्टुरेन्टबाटै मदिरा बरामद गर्ने गरेका बताउनुभयो ।

अभियानका क्रममा मदिराका व्यवसायि तथा मदिरा ओसार पसार गर्ने व्यक्तिहरुलाई भने एकपटकलाई चेतावनी दिएर पुन यो कार्य नगर्ने शर्तमा नियन्त्रणमा नलिइएको प्रहरीले बताएको छ ।

जिल्लालाई अपराधमुक्त बनाई शान्ती सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमलाई स्थानियकै सहभागीतामा सचेतनाका साथसाथै अगाडी बढाएको छ ।