लामडाँडा दुर्घटनामा तीन जना घाईते – नाम सहित

पाल्पा विविध समाचार

पाल्पा,जेठ २७ ।
जिल्लाको तानसेन ७, लामीडाँडास्थित पेट्रोल पम्प नजिकै ट्याक्सी र ट्याक्टर ठोक्किदा तीन जना घाइते भएका छन । तानसेनबाट बुटवल जाँदै गरेको भे १ ज ६७९ नम्बरको ट्याक्सी र बिपरीत दिशाबाट आएको लु ४ त ३१०० नम्बरको ट्याक्टर तानसेनको लामीडाँडा प्रट्रोलपम्प नजिकै सोमबार दिउँसो ठोक्किए जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा परी नेपालगन्ज उपमहानगरपालिका २० बस्ने वर्ष ४१ का लोकबहादुर रोकाया र हुम्ला जिल्ला सिमकोट गाउँपालिका २ बस्ने वर्ष ४६ का अबनसिंह बोहोरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

यस्तै ट्याक्टर चालक रूपन्देही जिल्ला सैनामैना नगरपालिका ७ बस्ने शम्भु चौधरी सामान्य भएका छन ।
घाइते तीनै जनाको उपचार तानसेन प्रभासस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुशन्धन भईरहेको डिएसपी सापकोटाले बताउनुभयो ।