तानसेनमा ४६ र्आंै विश्व वातावरण दिवस यसरी मनाइयो – फोटो फिचर

तानसेन पाल्पा विविध समाचार

पाल्पा,जेठ २२ ।
जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीले वातावरणी सन्तुलन आवश्यक रहेको बताएका छन ।

पछिल्लो समय बढ्दो वायु र जलप्रदुषणले मानव शरिरलाई गम्भीर असर पु्याएईरहेको भन्दै अहिलेको आवश्यकता पर्यावरण संरक्षण रहेको निष्कर्ष निकालेका छन । आज ४६ र्आंै विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय र भु–जलाधर संरक्षण कार्यालयले आयोजना गरेको विश्व वातावरण दिवसको कार्यक्रमका सहभागीले अहिलेको अवश्यकता वातावरणीय सन्तुलन कायम राख्नु नै पहिलो आवश्यक रहेको औंलाएका छन ।


जिल्ला वन कार्यालयले सप्ताहाव्यापी कार्यक्रमकै आयोजना गरि दिवस मनाईरहेको छ । दिवशको अवसरमा डिभिजन वन कार्यालयले स्वच्छ वायु,स्वस्थ जीवन विषयक जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगिता,सचेतनामुलक कार्यक्रम,सर्वपक्षीय गोष्ठी ,वृक्षारोपण लगायतका कार्यक्रम गरि दिवस मनाएको डिभिजन वन कार्यालयका प्रमुख मोहन पौडेलले बताउनुभयो । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख पौडेलले वायु प्रदुषण,जलवायु परिवर्तन,वनको दिगो विकास,संरक्षणको उपाय लगायतको विविध विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले वातावरणको संरक्षण गर्न नसक्दा नै वातावरणीय प्रकोपको प्रभाव देखा परेकोेले प्रकोप न्यूनीकरण नै वातावरण संरक्षण रहेको बताउनुभयो ।


कार्यक्रममा सहभागी राजनैतिकद दल,जनप्रतिनिधि,प्रमुख जिल्ला अधिकारी,लगायतले वातावरणको बढ्दो प्रदुषणले वातावरणमा परेको असर,यसबाट बच्न सकिने उपाय लगायतको विषयमा बोलेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका धनेन्द्रराज घिमिरे, नेपाली काङ्गग्रेसका झपेन्द्र गैरे, राप्रपाका रेवन्त बहादुर विष्ट,प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादव,लगायतले वातावरणीय असुुन्तुलनले मानव जिवनमा परेको असर,वातवारण संरक्षणमा खेल्नुपर्ने भुमिका र यसलाई कम गरि जोगिने उपायका बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्धितिय र तितृय हुने क्रमश जनता नमुना माविकी दिप्ती गैरे,प्रशान्ती चिल्डे«न एकेडेमीकी रिया थापा,र प्यारागन बोडिङ्ग स्कुलकी संजिवनी दर्लामीलाई नगद पुष्कार सहित पुरष्कृत गरिएको थियो । कार्यक्रम जिल्ला वन कार्यालयका प्रमुख डा. मोहन पौडेलको अध्यक्षता र रेञ्जर यमलाल पोखरेलको सञ्चालनमा चलेको थियो ।