ओली सरकारको बजेट तलब बढाएर होइन, एक गाँस काटेर मुलुक बनाउने प्रस्ताव सहितको आउनुपथ्र्यो : प्रवक्ता शर्मा

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, जेठ २०÷

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको वजेट विकासमुखी नभई वितरणमुखी भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पाल्पा शाखाद्धारा सोमवार आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले ७० प्रतिशत वजेट चालु खर्चमा र ३० प्रतिशत वजेट मात्र विकास खर्चमा विनियोजन गरेकाले वजेट विकासमुखी नभएको दाबी गर्नुभयो ।

यस्तो वजेटले देशको विकास नहुने भन्दै प्रवक्ता शर्माले सरकारले जनहित भन्दा पनि आफुहित वजेट ल्याएको आरोप लगाउनुभयो । ‘बजेट तलब बढाएर होइन, एक गाँस काटेर मुलुक बनाउने प्रस्ताव सहितको आउनुपथ्र्यी’ प्रवक्त शर्माले भने ।

नेपाललाई अन्य कम्युनिष्ट मुलक उत्तर कोरिया, भियतनाम जस्तै एकतन्त्रिय निरकुंश शासनको दिवा सपना बोकेर सरकारले प्रेश स्वतन्त्रता, मानवअधिकार, न्यायलयमा माथी नियन्त्रण गर्ने अभियान शुरु गरेको बताउनुभयो । सरकारले प्रेसको शिरमा तरवार झुण्डाएर, मानवअधिकार आयोगलाई सरकारको नियन्त्रणमा राखेर देशमा अधिनायकबाद ल्याउने प्रपञ्च सुरु गरेको आरोप समेत लगाउनुभयो ।