पाल्पामा जेठ २४ गते राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता हुने

तानसेन तिनाउ निस्दी पाल्पा विविध पूर्वखोला माथागढी रम्भा रामपुर रिव्दीकोट रैनादेवी वगनासकाली

पाल्पा, जेठ १९। 

दयाराज न्यौपाने ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत पालिकास्तरीय छनौट खेल यही जेठ २४ हुने भएको छ । खेल सम्बन्धी तयारीका लागि बसेको बैठकले आगामी २४ देखि र ३१ गते सम्म प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

जिल्लाका १० वटा स्थानीय तहमा पालिकास्तरीय छनौट प्रतियोगिता गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्लेले जानकारी दिए । छनोट प्रतियोगीतमा कवड्डी महिला पुरुष, तेक्वान्दो डब्लुटिएफ तेक्वान्दो, आईटिएफ एथलेटिक्स (महिला पुरुष) दौड प्रतियोगिता अन्तर्गत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १००X४ रिले र २००X४ रिले र ४००X४ रिले कराते महिल पुरुष, भलिबल महिला पुरुष, लगायतका खेल विधामा माध्यमिक तहमा अध्यान गर्ने विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने कार्यालय प्रमुख ताराबहादुर थापाले बताए ।

बैठक जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको अध्यक्षतामा भएको थियो ।