विद्यार्थी पढाउर्दै कृषि विकास बैंक – फोटो फिचर

तानसेन पाल्पा विविध समाचार

पाल्पा ,जेठ १८ ।
सुनिल कार्की ÷
कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय तानसेनले विद्यार्थी लक्षीत बैंकिङ्ग सचेतनाका कार्यक्रमलाई तिव्रता दिएको छ ।

‘नेपाल सरकारको खोलौं बैंक खाता सबै नेपलीको बचत खाता’ अभियान अन्तरर्गत बैंकले वित्तिय साक्षरताका कार्यक्रमलाई गाउँगाउँका विद्यालय लागेको छ ।  कृषि विकास बैंकाको पाल्पा स्थित तानसेन शाखाले जिल्लाको तानसेन ५ बन्दिपोखरामा एक दिने बैंकिङ्ग सचेतना अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।

विद्यार्थीलाई बैंकिङ्ग सचेतना र गतिविधिबारे जानकारी उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका एक सय बढी विद्यार्थीको सहभागीता रहेको थियो । पछिल्लो समय बैंक र बैकिङ्ग गविधिबारे विद्यार्थीलाई जानैपर्ने भएकोले विद्यार्थीलाई वित्तिय गतिविधिबारे ज्ञान,सिप,जानकारी र बचतको वृद्धि कसरी बढाउन सकिन्छ भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको शाखा कार्यालयका प्रबन्धक मधुकर काफ्लेले बताउनुभयो ।

विद्यालयको सभाहलमा एक कार्यक्रमका विच आयोजना गरिएको बैंकिङ्ग सचेतना कार्याक्रम कार्यक्रमका प्रमुख अतिथि बैंकको क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक सुदिप कुमार दाहालले अहिलेको आधुनिक र प्रविधिमैत्री युगमा बैंकिङ्ग साक्षरताको अभिवृद्धि विना अघि बढ्न नसकिने भएको बैंकिङ्ग कार्यक्रमलाई विद्यार्थी माझ केन्दीत गरिएको बताउनुभयो ।

यस्तै कार्यक्रमका अतिथि क्षेत्री कार्यालयका शाखा प्रमुख राजेश कुमार श्रीवस्तवले भविष्यका कर्णधार एवं भोलिका आशाका केन्द्र विद्यार्र्थीमाझ जबसम्म बैंकिङ्ग साक्षरता कार्याक्रम सञ्चालन गर्न सकिर्दैन तब सम्म बैंकिङ्ग सचेतना अभिवृद्धि नहुने भएकोले विद्यार्थी लक्षीत कार्यक्रमलाई जोड दिईएको बताउनुभयो ।

यस्तै कार्यक्रमका अतिथि विद्यालयका प्रधानध्यापक विष्णु प्रसाद सिग्देल, शाखा कार्यालयका शाखा प्रबन्धक मधुकर काफ्ले लगायतले अहिले विद्यार्थी लक्षीत तड्कारो विद्यार्थी साक्षरता कार्यक्रमले विद्यार्थीलाई बैंकिङ्ग कारोबार गर्न, बैंक सम्म पुग्न, वित्तिय कारोबारमा वृद्धि गर्न, बचत गर्ने बानिको विकास गर्न र बैंकसँगै अन्य वित्तिय सक्षरतालाई अघि बढाउन महत्वपुर्ण टेवा पुग्ने बताउनुभयो ।


बैंकिङ्ग साक्षरता अभिवृद्धि कार्याक्रमा बैंकको पोड्क्ट,सेवा सुविधा,आधुनिक बैंकिङ्ग प्रणाली , कम खर्च , बचतमा अभिवृद्धि लगायतका क्षेत्रमा प्रशिक्षण दिईएको थियो । कार्यक्रम शाखाका नायब सुब्बा प्रकाश भट्राईको सञ्चालनमा चलेको थियो ।