रिभर भ्यालीमा तनाव व्यवस्थापन अभिमुखिकरण – फोटो फिचर

तानसेन पाल्पा विविध

पाल्पा,जेठ १८ ।
सुनिल कार्की ÷
जिल्लाको रिभर भ्याली बोडिङ्ग स्कुल तानसेन ९ दमकडामा एकदिवशीय तनाव व्यवस्थापन  सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सानातिना र जुनसुकै तनाव जसलाई पनि हुने भएकोले यसको सही ब्यवस्थापन नै महत्वपुर्ण पक्ष भएकोले तनाव कम गर्न कार्यक्रमको आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमकी प्रशिक्षक ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यला दमकडाकी प्रमुख ब्रह्मकुमारी तारा दिज्युले जानकारी दिनुभयो।

शिक्षकशिक्षीका जतिसुकै तनावमा भएपनि कक्षाकोठमा प्रवेश गरेपछि विद्यार्थीलाई सहजै वातावरणमा अध्यापन गराउन सक्नु एउटा कुशल शिक्षकको गुण भित्र पर्ने भएकोले चिन्ताको उचित व्यवस्थापन गर्नुपर्नेमा अभिमुखिकरण कार्यक्रमकी प्रशिक्षक तारा दिज्युले बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा तानब व्यवस्थापनको उपाय,उत्पेरण,विद्यार्थीको मनोभावना बुझ्ने तरिका,लगायतका विषयमा प्रशिक्षण दिईएको थियो । अभिमुखीकरण कार्यक्रममा स्कुलका शिक्षकशिक्षीकाले आआफ्नो अनुभव सुनाउनुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा स्कुलका २५ भन्दा बढी शिक्षक शिक्षीकाको सहभागीता रहेको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद बन्जाडेको अध्यक्षता र साहायक प्रिन्सीपल श्रीकृष्ण पोखरेलको सञ्चालनमा चलेको थियो ।