आसिना पानिले विद्यालयमा लाखौंको तरकारीबाली नष्ट – फोटो फिचर

तानसेन पाल्पा विविध समाचार

पाल्पा, जेठ १८ ।
सुनिल कार्की
जिल्लाको तानसेन नगरपालिका ५ बन्दिपोखरा स्थित लक्ष्मी माध्यमीक विद्यालयमा लगाईएको तरकारीबालीमा ठुलो क्षति पुगेको छ ।

विहिबार आएको असिना पानिले विद्यालयको कृषिबाली विज्ञानधार तर्फ अध्यान अध्यापन गर्ने विद्यार्थी शिक्षक समुहले लगाएको विभिन्न थरीका तरकारी बालीमा ठुलो आर्थिक क्षती भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिन्दु बहादुर रावलले जानकारी दिनुभयो ।


विद्यालयले १० रोपनी बढी क्षेत्रफलमा लगाएको काक्रो, घिरमला,टमटर,करेला,भान्टा,लिचि,कागती लगायतका तरकारीबालीमा असिनाले क्षती पु्याएको अध्यक्ष रावलले बताउनुभयो ।

बजार पाठन तयारी अवस्थामा रहेको तरकारीमा करिब १ लाख २५ हजार बढीको क्षति भएको विद्यायका प्रधानध्यापक विष्णु प्रसाद सिग्देलले बताउनुभयो । विद्यार्थीले मेहेनत र दुख गरि विद्यालयको थप आयआर्जनमा टेवा पुगोस भन्ने उद्धेश्यले लगाएको तरकारीवाली असिनापानिले क्षति पु्याउदा विद्यालयलाई थप आर्थिक ब्ययभार थपिएको बताउनुभयो ।


विद्यालयले अझै क्षतिको विस्तृत विवरण संकलन कार्य जारी राखेकोले क्षतिको विवरण बढ्न सक्ने विद्यालयले जानकारी दिएको छ ।
सदरमुकाम तानसेनबाट नजिकै रहेको यस लक्ष्मी माविमा ७ वर्ष अघि देखि माध्यमीक तहमा कृषिबाली विज्ञान अध्यापन हुर्दै आएको छ ।