त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्यामपस प्रमुखको कार्यकक्षमा ३ दिन देखि ताला, अांशिक प्राध्यापक नियुक्तीमा प्रक्रिया मिचिएको आरोप

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, जेठ १७ ।
पाल्पापाटी डेस्क । ।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा क्याम्पस प्रमुखको कार्यकक्षमा तिन दिनदेखिको ताला अझै खुलेको छैन ।

सत्तारुढ दल नेकपाका विद्यार्थी संघगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा आंशिक शिक्षण सहायक (सहायक प्राध्यापक)नियुक्तिको विषयलाई लिएर क्याम्पस प्रमुख जीवनबहादुर थापाको कार्यकक्षामा बुधबारदेखि अनिश्चित कालिन ताला लगाएको छ ।

क्याम्पस प्रशासनले नियम विपरीत आंशिक शिक्षण सहायकको नियुक्ती गरेकाले विद्यार्थी संगठनको ध्यानाकर्षण पटक पटक गराउद समेट अटेरी गरेका कारण बाध्य भएर ताला लगाउने अवस्थमा पुगेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पदम सोमैले बताउनुभयो ।


अवैधानिक तबरले नियुक्ती गरिएका आंशिक प्राध्यापकको तत्काल कक्षा स्थगित गरी खुला प्रतिस्पर्धाबाट आंशिक प्राध्यापकको नियुक्ती गर्न र अन्य विषयमा पनि आंशिक प्राध्यापक आवश्यक भएको हँुदा प्रक्रिया पूरा गरी विज्ञापन खोल्न माग गरिएको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

जेठ १० गते प्रशासनलाई लिखित रुपमा ध्यानाकर्षण गराउदा समेत मागहरु उपर कुनै पनि ठोस निर्णय नभएकाले आफुहरु संघर्षमा जानु परेको अखिल क्रान्तिकारीका अध्यक्ष सोमैको भनाई छ ।