बसको ठक्करले पैदलयात्रीको घटनास्थमै मृत्यु

पाल्पा विविध समाचार

पाल्पापाटी डेस्क ।
जेष्ठ १४ पाल्पा ।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर-१ मा यात्रु बाेकेकाे बसले ठक्कर दिँदा एक पैदल यात्रुको ज्यान गएको छ ।

पोखराबाट बुटवलका लागि छुटेको ना ४ ख २३२२ नम्बरको बसको ठक्करबाट पुतलीबजार-१३ लाम्पाटाका ७३ वर्षीय पूजा भन्ने मन बहादुर दमैको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजय कुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते दमैलाई जिल्ला अस्पताल स्याङजामा सामान्य उपचार गरी थप उपचारका लागि पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

बसका चालक फेदिखोला ३ का ५८ बर्षिय चन्द्र बहादुर रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।