विप्लव नेतृत्वको नेकपाको आयोजनामा आज नेपाल बन्द, पाल्पामा बन्दको प्रभाव कस्तो छ ?

पूर्वखोला

पाल्पा ,१३ जेष्ठ
पाल्पापाटी डेस्क ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अर्थात जेष्ठ १३ गते नेपाल बन्द गरेको छ । तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको विरोधमा पार्टीले नेपाल बन्दको घोषणा गरेको हो ।बन्दको अघिल्लो दिन नै विभिन्न ठाउँमा बम विष्फोट भएका छन भने विभिन्न ठाउँमा बम भेटिएको थियो ।

कस्तो छ पाल्पामा बन्दको प्रभाव ?
बन्दको कारण विहानैदेखि सार्वजनिक यातायात का साधन सञ्चालनमा आउन सकेका छैन भने बजार ठप्प बनेको छ ।

सबैजसो स्कुल, कलेज बन्द छन भने सडकमा फाट्टफुट्ट रुपमा मात्रा निजी सवारी साधनहरु चलेको देख्न सकिन्छ । सडकमा बन्द आव्हानकर्ता नदेखिएपनि प्रहरी सतर्कता भने बढाईएको छ ।