नेपाल बन्दको पूर्व सन्ध्यामा कपिलवस्तुको दुई स्थानमा बम विस्फोट

पाल्पा विविध राष्ट्रिय समाचार

कपिलवस्तु १२ जेठ,

नेपाल बन्दको पूर्व सन्ध्यामा कपिलवस्तुको वाणगंगामा अहिले राती ८ः३० वजेपछि चरणबद्ध २ वटा विष्फोटनका घटना भएका छन् । निकै शक्तिशाली आवाजका साथ भएको विष्फोटनमा कुनैपनि मानविय तथा भौतिक क्षेती भएको छैन ।

कपिलवस्तु सामाुदायिक अस्पत्ताल नजिकमा भएको विष्फोट एक कलभर्ट मुनि भएको छ । अर्को विष्फोट वाणगंगा नदी नजिकको पूल आसपासमा भएको छ ।

प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेकोले विवरण आएपछि मात्र के विष्फोट भएको हो वताउन सकिने वताएकोछ । यता अस्पत्ताल नजिकको विष्फोटनामा सुतली वम रहेको स्थानीयले वताएका छन् ।पड्केपछि आगोको ठूलो मुस्लो देखिएपनि घटना स्थलमा फुटेका टुक्रा नभेटिएकाले सुतली बमको आशंका गरिएको छ