बन्द आतंक मच्चाउन बम विष्फोट ! घट्टेकुलोमा मृत्यु हुने पनि विप्लव समूहकै विद्यार्थी नेता-फोटो फिचर

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

१२ जेठ, काठमाडौं ।
काठमाडौंको घट्टेकुलोमा भएको विस्फोटमा मृत्यु हुने पनि नेत्रविक्रम चन्द विप्लव समूहकै विद्यार्थी रहेको बताइएको छ ।

 

विप्लव निकट विद्यार्थी समूहका काठमाडौं जिल्ला कमिटी सदस्य ‘अविरल’को विस्फोटमा परी मृत्यु भएको स्रोतले जनाएको छ । उनी सगरमाथा मल्टिपल क्याम्पस डिल्लीबजारमा अध्ययनरत रहेको उनीसँगै एउटै क्याम्पसमा अध्ययन गर्ने एक विद्यार्थीले जानकारी दिइन् ।

“हामी एउटै घरमा बस्थ्यौं,” विस्फोट भएको घरमा डेरा गरी बस्ने ती विद्यार्थीले बाह्रखरीसँगको कुराकानीमा भनिन्, “मृत्यु हुने उनी कक्षा १२ को परीक्षा सकेर बसेका थिए । एक्कासी विस्फोट भयो । विस्फोटपछि मैले नै प्रहरीलाई खबर गरेकी हुँ ।” घाइते भएका रविन सिंह पनि विप्लव निकट विद्यार्थी संगठनका नेता भएको प्रहरीले जनाएको छ ।

विस्फोट भएको स्थानमा सोमबार बन्द आह्वान गरिएका केही पर्चा र कागजात भेटिएको प्रहरीले जनाएको छ ।
सोमबार विप्लव समूहले बन्द आह्वान गरेको थियो ।

१२ खरीबाट