निस्दीमा पहिलोपटक बस पुगेपछि गाउँमा खुशियाली

निस्दी पाल्पा विविध समाचार

गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयको सक्रियतामा सडक स्तरोन्नति गरेपछि गाउँमा बस पुगेको हो । गाउँमा बस लिएर पुगेका बस चालक र व्यवसायी समितिका पदाधिकारीलाई स्थानीयवासीले खुशी हँुदै स्वागत गरेका छन् । साना जीप मोटरसाइकल गुड्ने यस गाउँमा बस पुगेपछि रमाइलो लागेको स्थानीयवासी प्रेम बाकाबलले बताए ।

निस्दी गाउँपालिकाको दुर्गम र विकटमा पर्ने यस गाउँमा बस पुगेपछि गाउँमा उत्पादित कृषिजन्य सामग्री बजार लैजान सजिलो पर्नेछ । फाट्टफुट्टमात्रामा चल्ने साना जीपमा क्षमताभन्दा बढी यात्रु र सरसामान बोक्नुपर्ने बाध्यता थियो । कच्ची सडकमा यसरी यात्रा गर्न निक्कै जोखिम थियो ।

स्थानीय तहले सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिएपछि ग्रामीण भेगमा सवारी साधन पुग्न थालेका छन् । पहिलो प्राथमिकतामा राखेर स्थानीय तहले सडक निर्माणमा ठ्ूलो रकम खर्च गरिरहेका छन् । अब भने जोखिमपूर्वक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । यातायात समितिले अब नियमितरुपमा बस सेवा सञ्चालन गर्ने जनाएको छ ।