निस्दीमा जिपको ठक्करबाट १६ महिने बालिकाको मृत्यु

निस्दी पाल्पा विविध रामपुर समाचार

पाल्पा, जेठ ११ ।
जिल्लाको निस्दी गाउँपालिका १ मा जिपको ठक्कर बाट १६ महिने बालिकाको मृत्यु भएको छ ।

निस्दी १ राहुवनमा जिपले ठक्कर दिँदा १६ महिने बालिका रितिका पौडेल क्षेत्रीको मृत्यु भएको हो । रामपुर नगरपालिका ५ बेझाँडबाट निस्दी १ बाकामलाङ्गलाई छुटेको लु १ ज २४४४ नम्बरको जिपले बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

भेषराज पौडेल र रिता पौडेल दम्पतीका छोरी रितिकालाई घरनजिकै खेलिरहेको अवस्थामा जिपले ठक्कर दिएको स्थानीयले बताएका छन ।