तीनदिन देखि तानसेनबाट हराईरहेका प्रिन्स अग्रहरी भेटीए

तानसेन पाल्पा विविध समाचार

पाल्पा जेठ ९ ।
सुनिल कार्की । ।
केही दिन अघि देखि सदरमुकाम तानसेनबाट हराइरहेका एक बालकको सकुशल उद्धार गरिएको छ ।

भारत घर भई हाल तानसेन सिल्खानटोलमा व्यापार व्यवसाय गर्दे आएका राकेश अग्रहरीका छोरा प्रिन्स अग्रहरी विद्यालयबाटै सम्पर्क विहिन भएका थिए । विद्यालयको होस्टेलमा बस्दै आएका प्रिन्स विद्यालयको सम्पर्कमा नभएको जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय पाल्पाले पिन्सको खोजीलाई तिव्र बनाएको थियो ।

सिद्धिविनायक ऐकेडेमीमा कक्षा ५ मा पढ्ने वर्ष १४ का प्रिन्सको रुपन्देहीको देवकोटा चोकबाट सकुशल उद्धार गरि प्रिन्सका बुबा राकेश अग्रहरीलाईे जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बासु नेपालले जानकारी दिनुभयो । रुपन्देही प्रहरी र जिल्ला प्रहरी कार्यालयको निरन्तरको प्रयासपछि बालकको तत्कालै उद्धार गर्न सकिएको प्रहरी निरिक्षक नेपालले बताउनुभयो ।

पछिल्लो समय बालबालिका सानो कारणले चित्त दुखाई हराउन सक्ने हुँदा बालबालिकाको विशेष निगरानि राख्न अभिभावकलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रह पनि गरेको छ ।