अभिभावकको लापरबाहीले पाल्पाको रामपुरमा बल्टीमा डुबेर १ वर्षी बालकको मृत्यु

पाल्पा विविध पूर्वखोला रामपुर समाचार

पाल्पा ,जेष्ठ ९  ।

रामपुर नगरपालिका वडा नं ३ मा एक बालकको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ ।

रोमबहादुर आलेका एक वर्षका छोरा रोष्टम आलेको मृत्यु भएको हो । उनको उपचारको क्रममा रामपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिं रानाले जानकारी दिनुभयो ।

बिहिवार बिहान साढे दश बजे घरको आँगनमा खेल्ने क्रममा पानी भएको बाल्टीमा डुबेर मृत्यु भएको हो ।