युवती बेच्न भारत लाने क्रममा तीन भारतीय युवा पाल्पा प्रहरीको फन्दामा

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, ८ जेठ ।
सुनिल कार्की ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले मानव बेचविखन तथा ओसारपसार आरोपमा तिन जना भारतीय युवालाई पक्राउ गरेको छ ।

गुल्मीको तम्घासमा मिष्ठान्न भण्डारमा काम गर्ने भारतीय युवाले गुल्मीको धुर्कोट गाउपालिकाको सोही मिष्ठान्न भण्डारमा काम गर्ने तिन युवतीलाई विवाह गर्ने प्रलोभनमा पारि भारत तर्फ लैजान लागेको सुराकीको आधारमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

गुल्मीबाट पाल्पा हुर्दै बुटवलको लागि छुटको एउटै बसमा सबार एक यात्रुले शंका मानि प्रहरीलाई खवर गरेको र सोही सुचनाको आधरमा प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाको कमाण्डमा टोली खटिई जिल्लाको रिब्दीकोट गाउँपालिका वडानं ३ हार्थोकबाट ती भारतीय युवालाई नियन्त्रणमा लिई पिडितको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गरि मानव वेचविखन तथा ओसारपसारमा संलग्न तिन जना भारतिय युवालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । गुल्मी जिल्लाको विन्दाबासिनी मिष्ठान्न भण्डारमा सँगै काम गर्दैै आएका भारतीय युवाहरु भारत बिहार बेतियाका २१ वर्षका मनोहर कुमार,सोही देशका वर्ष २० का अभिजित कुमार,र वर्ष १९ का कालु कुमारले क्रमश नाम परिवर्तित वर्ष २० की डि कुमारी, वर्ष १४ की इ कुमारी र वर्ष १५ की एफ कुमारीलाई ललाई फाकाई विवाहा गर्ने प्रलोभनमा पारेको प्रहरीको प्रराम्भिक अनुशन्धानबाट खुलेको प्रहरी नायब उपरिक्षक सापकोटाले बताउनुभयो ।


मानव बेचविखन तथा ओसर पसार कसुरमा संलग्न तिनै जनामाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि घटना बारे थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको जनाएको छ ।