कालीगण्डकी डाईभर्सन रोक्न बृहत हस्ताक्षर अभियान सुरु

पाल्पा विविध रामपुर समाचार

पाल्पापाटी डेस्क,७ जेष्ठ ।
पुर्वी पाल्पाको रामपुरमा कालीगण्डकी डाईभर्सन रोक्न बृहत हस्ताक्षर अभियान सुरुवात भएको छ

कालीगण्डकीलाई डाईभर्सन गर्दा कालीगण्डकी नदीका लोपउन्मुख चलचर र कृषियोग्य भुमि नासिने भन्दै यसलाई रोक्न हस्ताक्षर अभियान नै सुरु गरिएको हो । गण्डकी प्रदेश र देखि स्थानिय तहका जनप्रतिनिधिले कुनै पनि हालतमा कालीगण्डकीलाई डाईभर्सन गर्न नदिने चेतावनी दिर्दै आएका छन । यता प्रदेश पाँच सरकारले भने कालीगण्डकीलाई डाईभर्सन गरि रुपन्देही सहित तराईका जिल्लालाई सिचाई गर्ने योजना बनाएको छ ।

जिल्लाको रामपुरमा सरोकारवालाहरुको एक भेलाले कालीगण्डकी नदी डाईभर्सनको कडा विरोध गर्ने निर्णय गर्दै हस्ताक्षर अभियानलाई तिव्र बनाएका छन ।
प्रदेश नम्बर ५ अन्तर्गत जिल्लाको रामपुर नगरपालिका र गण्डकी प्रदेश अन्तर्गत स्याङ्गजाको चापाकोट नगरपालिका, नवलपुरको बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका र तनहुँको घिरिङ्ग गाउँपालिकाका जनप्रतिनिधि सहित स्थानीय राजनितिक दल र विज्ञहरुको सहभागिता रहेको थियो ।

कालीगण्डकीको धार्मिक, सांस्कृतिक सम्पदा मात्र होइन यहाँको वातावरण, जलचर पशुपन्छी र स्थानीय बासिन्दाको जीवनलाई सिधै असर पु¥याउने गरि गरिने डाइर्भसनको विरोधमा विभिन्न ७ बुँदे सहमति घोषणापत्र जारी समेत गरेको छ ।