बम बनाउँदा बनाउँदै पड्कियो, गम्भीर घाईतेको मिसनमा उपचार हुर्दै

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

६ जेठ, पर्वत
पाल्पापाटी डेस्क ।
पर्वतमा बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।

बिहादी गाउँपालिका–६, शालीग्राममा बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका छन् । घाइतेमध्ये घर्तीको अवस्था गम्भीर छ ।

पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीले घर्तीले माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा विस्फोट भएको जानकारी दिए । विस्फोटबाट गम्भीर घाइते घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घर्तीले बनाएको बम विस्फोट हुँदा नजिकै रहेका १६ वर्षीया किशोर समीरा राना घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था मध्यम छ । घाइते रानाको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।