नगरको साँचो जापनिज नागरिक ‘ओकेबाजे’लाई दिनु कति ठिक कति बेठिक ?

तानसेन पाल्पा विविध समाचार

जेठ ६ ,पाल्पा ।
पाल्पापाटी डेस्क ।
तानसेन नगरको साँचो जापनिज नागरिक ओकेबाजेलाई हस्तान्त्रण गरिए पछि नगरबासि आश्चर्य चकित बनेका छन । जिल्लामा २५ वर्ष देखि विभिन्न स्थानमा आर्थिक, भौतिक सहयोग गरेर समाज सेवा गरेको भन्दै तानसेन नगरसरकारले साँचो प्रदान गरेपछि यो किन र केका लागि गरिएको भन्ने चर्चा भईरहेको छ ।

एक कार्यक्रमका बिच तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले तानसेन र आसपासमा शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरण, खेलकूद लगायतको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सोमबार साँचो हस्तान्तरण गरिएको दाबि गर्नुभयो । नगरप्रमुख शाहीले आगामि दिनमा समेत विकासमा हातेमालो गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजसेवी ओकेबाजेले आफूलाई नगरपालिकाले गरेको सम्मानले अझै समाजसेवामा लाग्ने प्रेरणा मिलेको बताउनुभयो ।

यसरी जापनिज नागरिकलाई एका एक प्रदान गरिएको साँचो हस्तान्त्रणले नगरबासि अच्चमीत भएका छन । कतिपयले यसलाई सकारात्कम रुपमा लिएका छन भने धरैले यो प्रदान गर्नुलाई गलत हर्कत भएको संज्ञा दिएका छन ।