सालझण्डी जंगलमा एक युवाकको शव फेला

तिनाउ पाल्पा विविध रैनादेवी समाचार

पाल्पापाटी , ६ जेठ

रुपन्देहीको सालझण्डी सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तरगत सैनामैना नगरपालिका वडा नं १० सालझण्डी सामुदायिक वनमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शब फेला परेको हो ।

मृतकको पहिचान खुलेको छैन् । जंगल गएका स्थानीयले शव देखेपछि बिहान ११।४५ बजे प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायव उपरिक्षक डिल वहादुर मल्लले बताए ।

शवको प्रकृती हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको प्रहरीको भनाई छ । शव रक्ताम्य अवस्थामा छ । कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका स्थानियले गरेका छन । शरीरको बिभिन्न ठाउमा चोट लागेको कारण पनि हत्या भएको अनुमान गर्न सकिन्छ ।