प्रहरीमाथि लाग्यो बलात्कारको आरोप, कारवाही माग गर्दै प्रदर्शन

राष्ट्रिय समाचार

६ जेठ, नवलपरासी
प्रहरीले एक किशोरीसहित २ महिलालाई बलात्कार गरेको आरोप नवलपरासीका स्थानीयले लगाएका छन् ।

प्रहरीमाथि कारवाही माग गर्दै स्थानीयले प्रदर्शन गरेपपिछि २ प्रहरी जवान निलम्बनमा परेका छन् । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयकमा कार्यरत प्रहरी जवान प्रेम खड्का र पाटेश्वर यादवमाथि १७ वर्षीया किशोरी र २६ वर्षीया महिला बलात्कार गरेको आरोप स्थानीयले लगाएका छन् ।

गत वैशाख १ गते घाँस काट्न गएका उनीहरुलाई जवानद्वयले बलात्कार गरेको दाबी स्थानीयको छ । तर, घटनालगत्तै पीडितले मुख नखोलेर केही दिनपछि मात्रै यसबारे प्रहरीकोमा उजुरी गरेका थिए ।