ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

पाल्पा विविध समाचार

गुल्मी, ५ वैशाख 
गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ ढल्के भन्ने स्थानमा लु २ च ७६६५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी गाडी चालक गुल्मी दरवार गाँउपालिका निवासी २५ वर्षिय मिनबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।
ट्याक्टर आइतवार दिउँसो वामीटक्सारबाट मजुवा तर्फ जाँदै गरेको प्रहरीले जनाएकाे छ ।