दोस्रो रामपुर महोत्सवमा २७ लाख बराबरको बचत

रामपुर समाचार
सेयर गर्नुहोस

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेलामा रु २६ लाख २७ हजार ८०२ आम्दानी भएको सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिए ।

आम्दानी खर्च सार्वजनिक कार्यक्रममा रु ८४ लाख ६१ हजार ८४८ मेलामा खर्च भएको उहाँले बताउनुभयो । कालीगण्डकीबेँसी उपत्यकाको पर्यटन विकास, सङ्घको भवन निर्माण, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ गत पुस २७ देखि माघ ८ गते मेला आयोजना गरिएको थियो । बिहीबार पत्रकार सम्मेलनमार्फत आम्दानी खर्च सार्वजनिक गरिएको हो ।