दश हजार घुस सहित शसस्त्र प्रहरी जवान पक्राउ

पाल्पा विविध समाचार

बुटवल,५ जेठ 
बुटवलमा शसस्त्र प्रहरीका जवान सेवाग्राही संग घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् । रुपन्देहीको शसस्त्र प्रहरीबल नेपाल नंं ४१ गुल्म बुटवलमा कार्यरत शसस्त्र प्रहरीका जवान भेषेन्द्र केशी सेवाग्राहीसंग लिएको नगद १० हजार सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जनाएको छ ।

पक्राउ परेका केशी शसस्त्र प्रहरीका घुमुवा जवान रहेको अख्तियारले जनाएको छ । भन्सारमा समान छुटाईदिने भन्दै सेवाग्राहीसंग लिएको नगद १० हजार सहित बुटवल दिपनगरबाट आईतवार सांझ ६ बजे केशीलाई पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिएका हुन् ।
पक्राउ परेका केशीले नियमित घुस रकम नदिए सामान पक्राईदिने भन्दै सेवाग्राहीसंग मासिक रुपमा घुस रकम माग गर्दै आउने गरेको गुनासो आईरहेको र सोहि क्रममा निगरानी गर्दै जांदा आईतवार रंगेहात पक्राउ गरिएको भुसालले जानकारी दिए ।