पाल्पाली पत्रकारिताका सफल धरोहर पत्रकार अर्याल पुरस्कृत

तानसेन
सेयर गर्नुहोस

जेष्ठ ५ पाल्पा ।
विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले वन, वातावरण तथा जैविक विविधताको क्षेत्रमा पत्रकारिताबाट उल्लेख्य योगदान पुर्याएकाले ‘संचार पुरस्कार, २०१९’ पत्रकार माधव अर्याललाई प्रदान गरेको छ ।


डब्लुडब्लुएफ नेपालको २६ औ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौमा आयोजित कार्यक्रममा कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक अर्याललाई पुरस्कार प्रदान गरेको हो । राष्टिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, डव्लुडव्लुएफ नेपालका राष्टिय प्रतिनिधि डा. घनश्याम गुरुङले नगद, सम्मानपत्र प्रदान गरे । संरक्षण सम्बन्धी समाचार तथा लेख प्रकाशन गरी उल्लेख्य योगदान पुर्याएवापत यस वर्ष संरक्षण पुरस्कार दिएको कोषले जनाएको छ । पुरस्कारको राशी ५० हजार रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।


वन वातावरण, जैविक विविद्यता तथा वन्यजन्तुको क्षेत्रमा कलम चलाउने देशभरबाट एक पत्रकारलाई छनोट गरी यो पुरस्कार प्रदान गरिन्छ । वन, वातावरण, जैविक विविधतासम्बन्धी संरक्षण गरेवापत पुरस्कार प्राप्त गरेका पत्रकार अर्याल बिगत दुई दशकभन्दा बढी समयदेखि पाल्पामा रहेर पत्रकारिता गदै आएका छन् । उनले वन, दीगो विकासका क्षेत्रका साथै वन्यजन्तु, वातवारण तथा पर्या–पर्यटनको विषयमा कलम चलाउँदै आएका छन् ।अर्यालले स्थानीयसँगको समन्वयमा गिद्ध संरक्षण अभियान अघि सार्नुका साथै चमेरा, कालिज, संरक्षणका लागि योगदान पुर्याएका छन् ।
कबुलियति वन कार्यक्रममो कार्यान्वयनको लागि पनि अर्यालले सहयोग गर्दै आएका छन् । आफ्नो लेखनबाट दालचिनीलाइ जीविकोपार्जन तथा सामुदायिक वन विकासको एक वैकल्पिक स्रोतको रुपमा प्रवद्र्धन गर्दैअ ाएका छन् ।


संरक्षण सम्बन्धी समाचार लेख्नमा रुची राख्ने अर्यालले यसअघि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय वातावरण पुरस्कारसमेत पाइसकेका छन् । यसैगरी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, राष्ट्रिय जागरण पुरस्कार, क्षेत्रीय, जिल्ला र विभिन्न क्षेत्रबाटसमेत पुरस्कार पाएका छन् ।

जिल्लाका शिक्षा लगायत विभिन्न क्षेत्रबाटसमेत सम्मानित अर्यालले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । अर्यालले २० वर्षअघि देखि व्यवसायिक पत्रकारिता गर्दै आएका छन् । उनले नेपाल पत्रकार महासंघ पाल्पा र केन्द्रले प्रदान गर्ने विभिन्न पुरस्कारसमेत पाइसकेका छन् । सोही कार्यक्रममा गोरखास्थित छेकम्पारका बासिन्दा निमा लामा, ३० वर्षदेखि संरक्षणका लागि खटिएका दाङका उमाकान्त पन्त, महोत्त्तरीको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, काठमाडौको रानीवारी सामुदायिक वनलाई पनि पुरस्कृत गरियो । व्यक्तिगत पुरस्कार ५० हजार रहेको छ भने संस्थागतको १ लाख नगदका साथै सम्मानपत्र पाएका छन् ।