स्याङ्जामा जबरजस्ती करणीको आरोपमा ७१ वर्षीय वृद्ध जेल चलान

पाल्पा विविध समाचार

 बैशाख ३०, स्याङ्जा

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ७१ वर्षीय वृद्ध पूर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । स्याङ्जाको विरुवा गाउँपालिकाका एक बृद्धलाई आइतबार पूर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो ।

२०७५ असोज २६ गते १७ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । बालिकालाई निरन्तर जबर्जस्ती करणी गर्दै आएको पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतमा जबरजस्ती करणी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवत्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।