रामपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा १९ वर्षीय सन्जु रानाको मृत्यु

रामपुर समाचार

पाल्पा, वैशाख २७/

जिल्लाको रामपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु भए७छ ।

रामपुर ६ विचपुरबाट तिलपुर तर्फ जाँदै गरेको लु ३ त ७९७२ नम्वरको ट्याक्टरले गौटारबाट विचपुर तर्फ आउदै गरेको बा ४५ प ८३६८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक रामपुर नगरपालिका ५ बाङ्गेपसलका १९ वर्षीय सन्जु राना र मोटरसाईकलमा सवार सोही स्थानका १८ वर्षका राहुल सुनारी घाइते भएका थिए ।

घाईते मध्ये मोटरसाईकल चालक रानाको रामपुर अस्पतालमा उपचारका क्रममा विहिबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते सुनारीको थप उपचारका लागि युनाइटेड अस्पताल मिसनमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिं रानाले जानकारी दिए ।