बगनासकालीको एक विद्यलायमा खुलेयाम धर्मको प्रचार ! बिद्यालय भित्रै चर्च संचालन, स्थानिय सरकार मौन ?

तानसेन पाल्पा विविध राष्ट्रिय वगनासकाली समाचार

बैशाख २४, पाल्पा ।
सुनिल कार्की ।
पाल्पाको एक निजि विद्यलायले खुलेयाम शिक्षको नाम धर्मको प्रचार गर्ने गरेको पाईएको छ । बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङधारा बगनासमा रहेको ज्योति सामुदायिक बोर्डिङ स्कुलले एउटै भवनमा यसरी बिद्यालय र चर्च संचालनमा ल्याएको हो ।

कानुनत यसरी विद्यालयमा कुनै विशेष धर्मको प्रचार वा प्रभाव पार्ने गरि कुनै पनि गतिविधि गर्न पाइदैन तर नियमन गर्ने निकायको रुपमा रहेको स्थानीय सरकार बगनासकाली गाउँपालिका भने मौन छ ।

विद्यालयकी प्रिन्सिपल मिना हिताङले विद्यालयले उक्त हल चर्चका लागि भाडामा दिएको बताउनुभयो । यद्यपी विद्यार्थी र अभिभावकका सबै अतिरिक्त क्रियाकलाप, छलफल र बैठक भने सोही हलमा हुने प्रिन्सीपल हिताङलmे स्वीरका गर्नुभयो ।

बिद्यालयका अध्यक्ष जीत बहादुर हिताङले अहिले नजिकै अर्को भवन बनिरहेको र भवन बनेपछि चर्चलाई उक्त नयाँ भवनमा सार्ने बताउनुभयो । यद्यपी यसबारे ब्यापक गुनासो बढेपछि स्थानीय सरकार बगनासकाली गाउँपालिकाले समेत चासो दिएको छ । कक्षा २ सम्म पढाई हुँदै आएको यो बिद्यालयमा ४९ जना बिद्यार्थी रहेका छन् ।

विद्यालयको सवालमा स्थानीय सरकार वगानसकाली गाउँपालिका जानकार नै छ । अघिल्लो वर्ष गाउँपालिकाले कक्षा २ थपका लागि अनुमति पाएपनि अन्य कक्षाहरु समेत चलाइरहेको गुनासो आएपछि गाउँपालिकाले बैशाख १९ गते बिद्यालयलाई पत्राचार गरि अनुमति पाएभन्दा बढी कक्षा नचलाउन ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बिद्यालयमा कुनै पनि धर्म बिशेषको प्रभाव पार्ने गरि कार्य गर्न नपाइने बताए । उनले तत्काल यसबारे छानविन गरिने समेत बताउनुभयो ।

यसरी कुनै धर्म बिशेषको नाममा बालबालिकामाथि मानसिक वा कुनै पनि प्रभाव पार्न कानुनी हिसावले पाइदैन ।
मुलुकी संहिता २०७५ को दफा १५६ अनुसार कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्धारा वा अरु कुनै किसिमबाट कुनै जात जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याएमा दुई वर्षसम्म कैद र बिस हजार रुपैयाँ सम्म जरिवाना हुन सक्नेछ । दफा १५७ अनुसार कसलैले सनातनदेखि अपनाउँदै आएको वा चली आएको अरुको धार्मिक रीति त्यस्तै दफा १५८ अनुसार कसैले कसैको धर्म परिवर्तन गराएमा वा सो कुराको उद्योग गरेमा वा दुरुत्साहन दिएमा पाँच वर्षसम्म कैद र पचास हजारसम्म जरिवाना हुन सक्नेछ ।


त्यस्तै कसैले कुनै जात जाति वा सम्प्रदायमा सनातनदेखि चलि आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा ब्यवहार गरेमा वा सलल हुने गरि प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराएम वा धर्म पविर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गरेमा पाँच वर्षसम्म कैद र पचास हजारसम्म जरिवाना हुनेछ ।

यस्ता बिद्यालय सदरमुकाम तानसेनमै पनि छन् । तर स्थानीय सरकार र नियमक निकाय देखेको नदेखै गरेर बसेका छन ।