पाल्पामै पहिलोपटक गोरखदल गणको आयोजनमा आत्मरक्षा तालिम सुरु

तानसेन पाल्पा विविध समाचार

वैशाख २३,पाल्पा ।
सुनिल कार्की ।
पछिल्लो समय गाउँ समाजमा महिला हिंसा, बलत्कार, यौन दुव्र्यवहारका घटना दिनप्रतिदिन बढी रहेका छन । जसले नेपाली समाजलाई लज्जित बनाईरहेको छ । यस्त खाले विकृति र विसङ्गगतिलाई रोक्न सरोकारवाल निकाय नलागेका पनि होइन्न तर खासै प्रभावकारि देखिएको छैन । यसै सन्दर्भमा नेपाली सेनाको पाल्पा स्थित श्री गोरखदल गणकोले यौन हिंसा, बलत्कार र दुव्र्यवहारका घटनाबाट जोगिन पाल्पामामै पहिलोपटक सप्ताहाव्यापी आत्मरक्षा तालिम सुरु गरेको छ ।


गणको जिम्मेवारी क्षेत्र अन्तर्गत तानसेन नगरपालिका वडा नं ६ टुंडिखेलमा आईतबारबाट सुरु भएको तालिम यही वैशाख २८ गतेसम्म संचालन हुने गणका मेजर मनोज डङगोलले जानकारी दिनुभयो । आत्मरक्षा तालिमले सानातिना समस्याबाट जोखिन सकिनुका साथै सुरक्षीत र सार्थक जिवन शैली अपनाउन मद्यत पुग्ने बताउनुभयो ।

 

सप्ताहाव्यापी क्भाि Self Defence  नाम दिईएको तालिमको शुभारम्भ श्री गोरखदल गणका गणपति प्रमुख सेनानी सुरज थापाले गर्नुभएको थियो । कार्यक्रमको शुभारम्भ गर्दे गणपति थापाले कतिपय अवस्थामा आफु स्वंयमले आफुलाई कमजोर छु भन्ने ठान्दा र प्रतिकार गर्न चतुराई नअपनाउदा महिला हिंसा र यौन दुव्र्यवहारको घटनामा वृद्धि भएकोले छात्रा विद्यार्थीलाई लक्षीत गरि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । तालिमले छात्रालाई भावनात्क रुपम बलियो बनाउने भएकोले यस्ता घटना स्वत निरकरण हुने गणपति थापाले बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष एवं डब्लुटिएफका जिल्ला अध्यक्ष सागर महर्जन, प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपाने, पत्रकार,एन्फाका पदाधिकारीहरु राजेश्वर उदय, भिमसेन कार्की, विभिन्न विद्यालयका शिक्षक शिक्षीका, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।


आत्मरक्ष तालिममा सेन्ट क्यापितानियो स्कुलबाट ६७, बेथल ईङलिस बोडिङ्ग स्कुलबाट ५६, विजु ईङलिस बोडिङ्ग स्कुलबाट २५, वृन्दावन एकाडेमीबाट २३, पाल्पा आवासिय मा.वि र विज्डम ईङलिस बोडिङ्ग स्कुलबाट ८÷८ जना गरि जम्मा १८७ जना छात्रा विद्यार्थीहरुको सहभागीता रहेको छ ।

सेनाले सञ्चालन गरेको तालिमले विद्यार्थीका अभिभावकले पनि राहातको महशुस गरेका छन ।