पुर्वी पाल्पाको रामपुरमा जन्मीयो अहिले सम्मकै अनौठो बाख्रा

पाल्पा विविध रामपुर

 

वैशाख,२२ पाल्पा ।

पुर्वी पाल्पाको रामपुरमा एउटा बाख्राले अनौठो बच्चा जन्माएको छ ।

रामपुर ६ तालपोखराका गोविन्दबहादुर घर्तीले पालेको बाख्राले अनौठो बच्चा जन्माएको हो । बाख्राले एउटा टाउको, आठ वटा खुट्टा, छातीबाट तल दुई भाग फाँटेर छुट्टीएको चार वटा कान भएको र पाठापाठी नचिनिने खालको जिउँदो बच्चा जन्माएको थियो ।

आईतबार अनौठो बाख्राको बच्चा हेर्नेको भीड लागेको थियो । सँगै जन्मिएका दुई वटा बच्चा भने अन्य बच्चा जस्तै स्वस्थ्य र सामन्य जन्मिएका थिए । एउटा जन्मिएको बच्चा डेढ घण्टा पछि मरेको छ ।

विगत १२ वर्ष देखि घर्ती परिवारले बाख्रा पालनको सुरुवात गरेका थिए । घर्तीले पालन गरेका बाख्राले दुई पटक सम्म जुम्ल्याहा र लगातार तीम्ल्याहा पाठापाठी जन्माएको थियो ।