ट्राफिक प्रहरीको सप्ताहब्यापी कार्याक्रम उपलब्धीपुर्ण, ट्राफिक प्रहरी क्बल गठन देखि ट्राफिक सचेतना पाठ्यक्रममा समावेश गर्न स्थानिय सरकारलाई पत्रचार सम्म – फोटो फिचर

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

वैशाख २०,पाल्पा ।
सुनिल कार्की ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले मनाएको सप्ताहाब्यापी ट्राफिक सचेतना भव्य रुपमा सम्पन्न गरेको छ ।

यही वैशाख १४ गतेबाट ‘ठाउँको ठाउँ सुधार’ अभियान नाम दिएर सुरु गरिएको सप्ताहाब्यापी ट्राफिक सचेतना कार्यक्रम विविध कार्यक्रमम गरि मनाईएको हो । जिल्लामा पछिल्लो समय बढ्दो सवारि दुर्घटनालाई न्यूनिकरण गर्न सप्ताहाब्यापी कार्यक्रमकै आयोजना गरि ट्राफिक सप्ताहा मनाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक डम्बर गिरीले बताउनुभयो । दुृर्घटना सामान्य लापरबाहीका कारण हुन्छ भने सानो होसियारिता अपनाउँदा पनि दुर्घटना जोखिन सकिने भएकोले सवारिधनि, चालक र यात्रुलाई जाहा भेटेयो त्यही ‘ठाउँको ठाउँ’ ट्राफिक सचेतना प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गरिएको ट्राफिक प्रहरी प्रमुख गिरीले बताउनुभयो ।

यही वैशाख १४ गते शनिबार विहान तानसेन टुडिखेल स्थित नगरपालिका प्रङ्गगणबाट पन्चेबाजाको भाकामा ट्राफिक सचेतनायुक्त गितसंगितको लयबाट सुरु गरिएको ट्राफिक सप्ताहामा दुर्घटना न्यूनिकरणका लागि जिल्लाको प्रत्येक विद्यालयमा ट्राफिक प्रहरी क्लब गठन,स्थानिय सरकार नगरपालिका र गाउँपालिकालाई स्थानिय पाठ्यक्रममा ट्राफिक सचेतनाका विषय समेट्न् पत्रचार, सवारि चालक हस्ताक्षर प्रतिबद्धता, चालको राजमार्गमै स्वास्थ्य परिक्षण, प्रशासनर यातायात ब्यवास्था कार्यालयको समन्वयमा राजमार्गमै सवारिसाधनको अवस्था चेकजाँच, जिल्ला अस्पतालका डाक्टरद्धार एम्बुलेन्स चालकलाई प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण, दर्जन बढी स्थानमा जेब्रा क्रसिङ्ग, ट्राफिक प्रहरी डमी निर्माण ,पर्चा पम्पप्लेट वितरण, निजि तथा सरकारी विदालयको सहभागितामा सचेतनामुलक ्याली ,प्लेकार्ड प्रर्दशन गरिएको थियो ।


सप्ताहाब्यापी ट्राफिक सचेतना एवं दुर्घटना न्यूनिकरण कार्यक्रमको एक कार्यक्रमका बिच समापन पनि गरिएको छ । सो अवसरमा दुर्घटना न्यूनिकरण र सचेतना अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाहा गरेको भन्दै ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दर राजराम पौडेल, कुल बहादुर श्रेष्ठ, ट्राफिक प्रहरी जवान लिला बहादुर राना सम्मानित भएका छन ।


समापन कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना कम गर्न तर्फ देखाएको अग्रसरताको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । प्रजिअ यादवले यात्राको क्रममा दुर्घटना जाहा जस्तो सुकै अवस्थामा पनि हुन सक्ने भएकोले दुर्घटना न्यूनिकरणका लागि संयममिता अपनाउनु नै उत्तम हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी यादवले सप्ताहाब्यापी ट्राफिक सचेतनाको कार्यक्रमलाई एउटा सप्ताहाको रुपमा मात्रै नभएर बाँकी ३५८ औं दिनलाई नै ट्राफिक सचेतनाको दिनको रुपमा मनाउन आग्रह गर्नुभयो ।


कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वमणी पोखरेलले दुर्घटनाले पछिल्लो समय नेपालमा ठुलो धनजनको क्षति निम्ताएकोले अबका दिनमा यस्तै खाले ट्राफिक सचेतनाका कार्यक्रमलाई विस्तार गरेर दुर्घटना न्यूनिकरणको अभियानमा जुट्नुपर्ने समय आएको बताउनुभयो । एसपी पोखरेलले दुर्घटना सामान्य लापरबहीकै कारण हुने भएकोले सवाधानि अपनाउनुपर्नेमा जोड दिनुभयो ।

दुर्घटना बजारमा घट्यो गाउँमा बढ्यो  

जिल्लामा पछिल्लो वर्षमा दुर्घटनाका घटनामा कमी आउनुका साथै ज्यान गुमाउनेको संख्या घट्दो छ । आर्थिक वर्ष २०७३÷७४ मा दुर्घटानबाट ३८ जनाले ज्यान गुमाएका छन । यो संख्या अघिल्लो अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो ।

यस्तै आर्थिक वर्ष २०७४÷७५ मा ४५ जनाले ज्यान गुमाएका छन भने आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्त सम्म २९ जनाले ज्यान गुमाएका छन । यसरी दुर्घटनामा ज्यान गुमाउनेको संख्या घट्दो रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कुनै समय बजार क्षेत्र भित्र बढ्दै गएको सवारि दुर्घटानमा भने एक आर्थिक वर्षमै कमी अएको छ । दुर्घटनामा कमी आउनुमा पछिल्लो समय बजार लक्षीत ट्राफिक सचेतना र सुरक्ष संयमिता अपनाउने तर्फ गरेका गतिविधि नै प्रमुख रहेको ट्राफिक प्रहरी प्रमुख डम्बर गिरीले बताउनुभयो ।

 

ट्राफिक प्रहरीले जनशक्तिको सिमितता कारण ग्रामीण इलाकमा थप ट्राफिक प्रहरी पु्याउन नसक्नु, ट्राफिक सचेतना र दुर्घटना न्यूनिकरणका कार्यक्रमलाई गाउँकेन्द्रि बनाउन नसक्दा सहरमा भन्दा गाउँमा दुर्घटना बढेकोकाले अवका दिनमा गाउँ केन्द्रि बनाउने संकल्प सप्ताहाब्यापी कार्यक्रमबाटै लिएकाले छिट्टै ट्राफिक सचेतनाका कार्यक्रम गाउँकेन्द्रि बनाउने ट्राफिक प्रहरी प्रमुुख गिरीले बताउनुभयो ।

कार्यक्रममा जिल्लाका विभिन्न विद्यलायका शिक्षक प्रतिनिधि,विद्यार्थी,सुरक्षा निकायका प्रमुख,यातायात व्यवासायिका नेता लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला ट्राफिक प्रहरी प्रमखु प्रहरी नायब निरिक्षक डम्बर गिरीको सञ्चालनमा चलेको थियो ।

पत्रकार कार्की सम्मनित

पाल्पा जिल्लामा क्रियाशील पत्रकार सुनिल कार्की सम्मानित भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सप्ताहब्यापी ट्राफिक सचेतना कार्यक्रमको समापनको अवसरमा कार्कीलाई सम्मान गरेको हो ।

ट्राफिक सेचतना अभिवृद्धि र दुर्घटना न्युनिकरणको अभियानमा महत्वपुर्ण भुमिका खेलेको भन्दै पत्रकार कार्कीलाई सम्मान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर गिरीले बताउनुभयो । कार्की पछिल्लो ४ वर्षयात देखि पत्रकारीतामा सक्रिय छन ।

कार्की अहिले जनता टेलिभिजनको पाल्पा संवाददाता र श्रीनगर एफमा कार्यरत हुनुहुन्छ ।