चट्याङ्ग लागेर छविलाल सुनारीका दुई छोरा घाइते

रैनादेवी

वैशाख २०, पाल्पा ।
जिल्लाको रैनादेवी छहरा गाउँपालिका ८ राजापानी धरमपानी भन्ने स्थानमा चट्याङ्ग लाग्दा दुईजना घाइते भएका छन ।

हावाहुरी र पानी सहित परेको चट्याङ्गले स्थानीय रनबहादुर राना र छविलाल सुनारीको घरमा हान्दा उहाँका छोरा २५ वर्षको रामबहादुर राना र ३० वर्षको दिलु सुनारी घाइते हुनुभएको छ । घाइते सुनारीको घाँटीसम्म पोलेको र दाँत समेत झरेको छ । उनीहरुको उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय इन्सपेक्टर बासु नेपालले जानकारी दिनुभयो ।

चट्याङ्गले रानाको ढाड र शरीरमा पोलेको छ भने सुनारीको दाहिने हातको नारी, बाँया खुट्टा देखि घाँटी सम्म जलेको तथा अगाडिको दुईवटा दाँत समेत भाँचिएको इन्स्पेक्टर नेपालले बताउनुभयो ।