ट्रक पल्टीदा अवरुद्ध भएको वुटवल पाल्पा –सडकखण्ड खुल्यो [ हेर्नुहोस दुर्घटनाका ७ फोटो ]

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

वैशाख २०,पाल्प ।
सुनिल कार्की ।
सिदार्थ राजमार्ग अन्तर्गत वुटवल पाल्पा–सडकखण्डको तानसेन ८ जहरेपिपलमा ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको राजमार्ग सुचारु भएको छ ।

वुटवालबाट तानसेन तर्फ आईरहेको भे १ ख १३६६ नम्बरको ट्रक विपरित दिशाबाट आईरहेको बसलाई साईड दिने क्रममा दुर्घटना भएकोे जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख डम्बर गिरीले जानकारी दिनुभयो । ट्रक दुर्घटना हुँदा वुटवल पाल्पा सडकखण्ड एक घण्टा भन्दा बढी बन्द भएको थियो । जेसिविको प्रयासमा राजमार्ग सञ्चालनमा ल्याईएको ट्रफिक प्रहरी प्रमुख गिरीले बताउनुभयो ।

दुर्घटनमा कनै मानवीय क्षति भने भएको छैन । साँघुरो सडक र सिमसिम परेको पानि कारण चिफ्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रराम्भिक अनुशन्धनाबाट खुलेको छ । चालकलाई नियन्त्रण्मा लिएर दुर्घटनाबारे थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।