वगनासकालिका विष्णु बहादुर दिशाको घर जलेर नष्ट , गाउँपालिकाद्धार राहात वितरण

वगनासकाली

वैशाख,१९ पाल्पा ।
विष्णु घिमिरे ।

वगनासकालि गाउपालिका १ चिरातुङधारा घुगुरे डाडाका विष्णु वहादुर दिशाको घरमा आगो लागि भयको छ । १८ गते राति सवा ८ बजे घरमा परिवारका सदस्य नभएको समयमा आगो लागेको पिडित दिशाले जानकारि दिनुभयो ।

आगोमा परि घरभित्र रहेको १५ वटा कुखुरा जलेर मरेका छन । नगद २ लाख पच्चीस हजार,अन्न ,कपडा,भाडाकुडा,टेलिभिजन लगायत घरभित्र २ वटा तलामा रहेको सबै सामान जलेर नस्ट भएको छ । छिमेकिको हार गुहार पछी माथिल्लो तला र त्यसमा भएको सर सामान जोगाउन सफल भएका छन ।

घटना थाहा पाउना साथ १९गते बिहान पालिका उपाध्यक्ष सरस्वति चिदी, प्रमुख प्रसासकिय अधिकृत सुन्दरप्रसाद श्रेस्ठ, प्रवक्ता लक्ष्मि अधिकारि, वडाध्यक्षहरु सोम बहादुर झेंडि,टिका थापा सहित दैविक प्रकोप उद्दार समितिको टिमले घटना स्थलको अवलोकन गरि पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।

क्षेतिको विवरण पुर्ण विवरण भने आएको छैन ।