महानगरीय प्रहरी वृत्तका प्रहरी ‘इन्सपेक्टर’ पाण्डे पुरस्कृत

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

१९ वैशाख, काठमाडौं
पाल्पा सेवा अवधिको छोटो समयमा नै अपराध न्युनिकरण, सचेतनामुलक कार्यक्रम र शान्ति सुरक्षामा तदारुताका साथ काम गरेको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट सम्मान पाएका नेपाल प्रहरीका प्रहरी निरिक्षक भोजराज पाण्डे पुनः महानगरीय प्रहरी परिसर काठमाडौंबाट पुरस्कृत हुनुभएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोट दरबन्दी रहिरहदा काजको रुपमा पाल्पाको ईलाका प्रहरी कार्यालय रामपुरको प्रमुख भएर आउनुभएका प्रहरी निरिक्षक पाण्डेले ६ महिनाको ईप्रका रामपुरको नेतृत्वका क्रममा पुर्वी पाल्पालाई अपराधमुत्त नै बनाउनुभएको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा नआउदै पाण्डेले रामपुर र निस्दी गाउँपालिकाको वडा वडाका विद्यालयमा पुगेर प्रोजेक्टरको माध्यमबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गरि प्रहरी र नागरिक विचको सुमधुर सम्बन्ध विना समाजमा शान्ति सुरक्षा कायम गर्न सकिर्दैन भन्ने उत्कृष्ट उदाहारण प्रस्तुत गर्न सफल हुनुभएको थियो ।

प्रहरी निरिक्षक पाण्डे पुनः महानगरीय प्रहरी परिसर काठमाडौंबाट पुरस्कृत हुनुभएको छ । पाण्डे महानगरीय प्रहरी वृत्त सिंहदरवारमा सेकेण्ड म्यानको रुपमा कार्यरत हुनुहुन्छ । काम गर्नलाई कार्यालय प्रमुख मात्र हुनु पर्दैन भन्ने एउटा प्रसंशनीय र उदाहरणीय मियो बन्नु भएका पाण्डे एकै आर्थिक वर्षमा दोस्रो पटक अभिलेखमा जनिने गरि पुनः १२ सय नगद सहित सम्मानित हुनुभएको छ ।

यसरी नेपाल प्रहरी जस्तो २४ संै घण्टा तैनाथ हुुनुपर्ने सेवामा पनि रचनात्मक कार्य र सहकार्यको भावले पाण्डेले दैनिक कामकाज र वातावरणलाई सहज बनाउदै सक्रियतापुर्वक काम गर्दै आनुभएको छ ।