वनदेविमा लागेको आगो ४ घण्टा पछि नियन्त्रणमा

तानसेन

पाल्पा, वैशाख १८ सुनिल कार्की ।

सदरमुकाम तानसेन नजिकैको वनदेवि सामुदायिक वनमा लागेको आगो नियन्त्रण्मा आएको छ ।

बुधबार दिउँसो देखि लागेको आगो ४ घण्टा पछि नियन्त्रण्मा आएको रेक्टर वन कार्यालयका रेन्जर यमलाल पोखरेलले जानकारी दिनुभयो ।
आगो नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला वन कार्यालयका कर्मचारी र तानसेन नगरपालिकाको दमकलले करिब ४ घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएको रेन्जर पोखरेलले बताउनुभयो ।

वनमा सल्केको आगो नियन्त्रणमा नआउँद सेक्टर वन कार्यालयको भवन र कार्यालयको क्यानटीन उच्च जोखिममा परेको थियो ।