पाल्पामा मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगीताका लागि खेलाडी छनोट सुरु

तानसेन रम्भा वगनासकाली
सेयर गर्नुहोस

दयाराज न्यौपाने
पाल्पा, बैशाख १७ ।
पाल्पामा प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगीता अन्र्तगत जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता मङ्गगलबारबाट सुरु भएको छ ।

तानसेनको टेडिखेलबाट सुरु भएको खेलाडी छनोट कार्याक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद नारायण प्रसाद आचार्यले खेलकुदले जिवनका हरेक गतिविधिलाई सवल र सश्क्त बनाउदै लैजाने बताउदै खेलकुदलाई अपन्त्व लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सांसद विर बहादुर रानाले खेलकुदको विकासमा सदैब सहयोग गर्ने बताउदै खेल क्षेत्रको सफलताको सुभकामना दिनुभयो ।
यस्तै अर्का विशिष्ट अतिथि प्रदेश सांसद रमा घर्तिले खेल समाजको अभिन्न अंग भएकोले यसलाई अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धामा लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रम खेलकुद विकास समितिका उपाध्यक्ष दिपक घिमिरेको स्वागत, खेलकुद विकास समितिका सदस्य दयाराज न्यौपानेका संचालन र खेलकुद विकास समितिका अध्यक्ष करुण काफ्लेको अध्यक्षतामा चलेको थियो ।

जिल्ला स्तरिय छनोट प्रतियोगीतामा १० वटा स्थानिय तहका भलिबल महिला पुरुष तेक्वान्डो, ध्त्ँ, एथलेटिक्स महिला पुरुष दौड प्रतियोगीता अन्र्तगत १५०० मिटर, महिला र ५००० मिटर पुरुष सटफुट ,ब्याडमिन्टन महिला पुरुष र बुद्धिचाल खेल विधामा गरी २०० बढी खेलाडीहरु छनोटका लागी प्रतिस्पर्धा गर्ने अध्यक्ष करुणा काफ्लेले जानकारी दिनुभयो ।

छनोट भएका खेलाडीहरु २३ गते देखि हुने प्रदेश स्तरिय प्रतियोगीताका लागी सहभागी हुने कार्यालय प्रमुख तारा बहादुर थापाले बताउनुभयो । भलिबल तर्फ मङ्गगलबार भएको पहिलो खेलमा रम्भा गाउपालिकाले बगनासकाली गाउपालिकालाई १÷२ सेटमा पराजित गदै दोश्रो चरणमा प्रवेश गरेको छ ।