दुर्घटना न्यूनिकरण गर्न पाल्पा ट्राफिकद्धारा सवारि चालक प्रतिबद्धता हस्ताक्षर अभियान सुरु – फोटो फिचर

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

बैशाख १६,पाल्पा ।
सुनिल कार्की ।
पाल्पामा बढ्दो सवारि दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले न्यूनिकरण प्रतिबद्धता हस्ताक्षर अभियान सुरु गरेको छ ।


जिल्लामा पछिल्लो समय बढेको दुर्घटनालाई न्यूनिकरण गरि चालकलाई प्रतिबद्ध बनाउन अभियान थालिएको हो । तानसेनको बसपार्कमा सप्ताहाब्यापी ट्राफिक सचेतना कार्यक्रम अन्र्तगत दुर्घटना प्रतिबद्धता हस्ताक्षर कार्यक्रमको आयोजना गरि सवारि चालकलाई जिम्मेवारि बहन गराउन कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर गिरिले बताउनुभयो । जिल्लाको मुख्या प्रवेश नाका राम्दी,दोभान,रिडि र राजमार्गहरुबाट सुरु गरिएको अभियानले सवारि दुर्घटनामा कमी आउने अपेक्षा लिइएको ट्राफिक प्रहरी प्रमुख गिरिको विश्वास छ ।


जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी कृष्णराज सापकोटाले आस्था र प्रतिबद्धताले मात्रै पनि दुर्घटन न्यूनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने भएकोले सवारि हाक्ने क्रममा चालक संवेदनशिल हुनुपर्ने बताउनुभयो । पाल्पाम अहिले सम्म भएका अधिकाशं दुर्घटनामा सवारि चालककै लापरबाही देखिएकाले विशेष ध्यान पु्याउन आग्रह गर्नुभयो ।


शनिबारबाट सुरु भएको सप्ताहाब्यापी ट्राफिक सचेतना कार्यक्रम अन्र्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सचेतनाका कार्यक्रमलाई तिव्रता दिर्दै आएको छ ।