मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम नजिकै बम बिस्फोट

अन्तर्राष्ट्रिय पाल्पा विविध समाचार

बैशाख १६, पाल्पापाटी डेस्क ।

रोल्पामा मुख्यमन्त्री शंकर पोखरेल सहभागी भएको कार्यक्रम नजिकै बम बिस्फोट भएको छ ।

मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रमलाई प्रभावित पार्न विस्फोट गराएको हुन सक्ने अनुमान जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जनप्रतिनिधिसँग विकासका बारेमा छलफल गर्न मुख्यमन्त्री पोखरेल रोल्पा पुगेका बेला कार्यक्रम स्थल लिबाङ बजारभन्दा करिब डेढ किलोमिटर उत्तरतर्फ रहेको तितरी जंगलमा अज्ञात समुहले दिउँसो १ १५ बजे बाल्टिन बम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।

बम बिस्फोटबाट कुनै प्रकारको क्षति भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बम बिस्फोट राज्यबाट प्रतिबन्ध विप्लव समुहले गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।