पाल्पामा मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनौट हुने

पाल्पा विविध समाचार

दयाराज न्यौपाने ।
वैशाख १५, पाल्पा ।
जिल्ला खेलकुद विकास समिति पाल्पाले प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनौट गर्ने भएको छ ।
समितिले प्रदेश स्तरिय मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिताको लागि विभिन्न विधाका खेलाडी छनौट गर्न लागेको हो । यहि वैशाख १७ र १८ गते तानसेनमा छ्नोट हुने जिल्ला खेलकुद विकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्लेले जानकारी दिनु भयो ।

समितिले विभिन्न ६ विधाका खेलका लागि खेलाडीहरु छनौट गर्न लागेको हो छ्नोट खेल अन्तर्गत भलिवल महिला पुरुष, ब्याडमिन्टन महिला पुरुष डबल, चेस पुरुष, ड्ब्लुटिफ तेक्वान्दो महिला पुरुष, आईटीएफ तेक्वान्दो महिला, पुरुष र एथ्लेटिक्स अन्र्तगत १५ सय मिटर दौड महिला, ५ हजार मिटर दौड पुरुष, एथ्लेटिक्स सटपुट महिला, पुरुषका लागि खेलाडीहरु छनौट गर्ने अध्यक्ष काफ्लले बताउनुभयो ।

छनौट प्रतियोगितामा १८ देखि ४० वर्ष उमेर समूहका खेलाडीहरु सहभागिता हुन पाउने कार्यालय प्रमुख तारा बहादुर थापाले जानकारी दिनुभयो । जिल्लामा छनौट भएका खेलाडीहरु प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन ।