पाल्पालाई आहा बनाउने छु : प्रमुख जिल्ला अधिकारी यादव

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

बैशाख १५,पाल्पा ।
सुनिल कार्की ।
हालसालै पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले पाल्पाली पत्रकारसँग भेटघाट एवं अन्तक्रिया गर्नुभएको छ ।

पाल्पामा भएका समसामयिक गतिविधि र पत्रकारसँग परिचय गर्न आयोजित कार्यक्रममा हालसालै पाल्पाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएका विरेन्द्र कुमार यादवले पत्रकारको सहकार्यमा पाल्पालाई आहा सुन्दर बनाउने योजनामा आफु रहेको बताउनुभयो । सम्रगमा पाल्पा सुन्दर शान्त र मनोरम नै भए पनि जिल्लाको सम्रग विकासमा सुशान र जवाफदेहीता कायम गर्ने सवालमा भने आफुले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कतिपय अवस्थमा जानी नजानी अथवा राम्रो गर्न खोज्दा खोज्दै पनि नराम्रो भएको अवस्थमा सुझाव दिएर सहयोग गर्न पाल्पाली पत्रकारलाई प्रमुख जिल्ला अधिकारी यादवलेले आग्रह गर्नुभयो । एकल प्रयासले मात्र भइपरि आउनु दुर्घटना,विकृति, विसङ्गगती, अपराध र समाजमा घट्ने नकारात्मक घटनालाई हटाउने सन्दर्भमा प्रहरीलाई अथवा प्रमुख जिल्ला अधिकारी स्वयमलाई सिधै सुचना दिएर सहयोग पु्याउने कार्यमा सहकार्य गर्नुपर्ने जोड दिनुभयो ।

आयोजित भेटघाट कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल,पत्रकार सेनानी मेघराज शर्मा,सचिव किरण कौशल,जग्दीश भट्राई लगायतले समानुपातिक विज्ञापन प्राणली,चुनढुङगा खानिको मानपरि उत्खन्न,ट्रिपरको अत्यधीक गति, निजामती कर्मचारीको पोषाक नलगाउने बानि, नियमित बजार अनुगमन,सिद्धबाबा सडकखण्डको स्तरउन्नती लगायतका विषयमा जोड दिनुभएको थियो ।

कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, ,जिल्ला प्रहरी प्रमुख विश्वमणी पोखरेल ,राष्ट्रिय अनुशन्धन कार्यालयका प्रमुख अनुशन्धना अधिकृत सन्तोष बस्नेत , प्रशासकिय अधिकृत, हुम प्रसाद पाण्डे, सशस्त्र प्रहरी गुल्म पाल्पाका निमित्त प्रमुख प्रहरी निरिक्षक आन्नद खनाल लगायतको पनि कार्यक्रममा सहभागित रहेको थियो ।