फोहोर भयो भन्र्दैं हिड्नुभन्दा यसको सही ब्यवास्थापनको सुरुवात आफुबाटै गर्नुपर्छ : मेयर शाही

तानसेन राष्ट्रिय समाचार

वैशाख १४,पाल्पा।
सुनिल कार्की ।
तानसेन नगरपालिका ५ कैलाशनगरका टोलटोलमा सरसफाई गरिएको छ । आफ्नो गाउँटोल आफै सरसफाई गरैं भन्ने उद्धेश्यले आयोजित सरसफाई कार्यक्रम टोलका विभिन्न ठाउँमा सरसफाई गरिएको हो ।

तानसेन नगरपालिकाको ५० हजार बजेट सहयोगबाट गरिएको सरसफाई कार्याक्रम टोलका चोकचोकमा डस्टविन राखिएको छ । आफ्नो गाउँटोल सरसफाई विना सुन्दर र शान्त सहरको परिकल्पना गर्न नसकिने भएकाले गाउँटोलबाट नै सरसफई कार्यक्रम सुरु गरिएको कैलशनगर टोलविकास संस्थाकी अध्यक्ष मालती पौडेलले बताउनुभयो ।एक कार्यक्रमको आयोजना गरि जनसहभागितामा भएको सरसफाई कार्यक्रमा वडाको बतासेडाँडा, देउरालीडाँडा, कैलाश नगरचोक, श्रीनगर जाने बाटोमा लगायतका स्थामा सरसफाई गरिएको छ ।

सरसफाई पछि आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले नगर सरकार स्वच्छ ,शान्त शहर विकासको परिकल्पनामा लागेको बताउनुभयो । नगरप्रमुख शाहीले चोक गल्ली र बजार फोहोर, कुरुप भयो भन्दै आलोचना गर्नुभन्दा फोहेरको सही ब्यवास्थापन आफ्नो घरपरिवार र आफुबाटै गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष राम बहादुर रावल, उपप्रमुख लक्ष्मीदेवि पाठक, ११ नम्बर वडाका वडा अध्यक्ष एव तानसेन नगर सरकारकाका प्रवक्त दामोदर घिमिरे, कार्यपालिका सदस्य दिपक विश्वकर्मा,वडा सदस्य विष्णु बहादुर कार्की, लक्ष्मी रावल, सिता विक, सामाजिक शाखा अधिकृत भरत आचार्य, सरसफाई शाखा अधिकृत शंकर भण्डारी, पत्रकार जग्दीश भट्राई, कृष्ण पोखरेल, लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रम पुुर्व नागरिक वडा मञ्चकी संयोजक मिना जिसीको स्वागत, कैलशनगर टोलविकास संस्थाकी अध्यक्ष मालती पौडेलको सञ्चालनमा चलेको थियो ।