दुर्घटना बढेपछि पाल्पामा ट्राफिक प्रहरीको नौलो सुरुवात, सप्ताहाव्यापी ‘ठाउँको ठाउँ सुधार’ अभियानको थालनी

तानसेन राष्ट्रिय समाचार

बैशाख १४,पाल्पा ।
सुनिल कार्की ।
पछिल्लो समय देशैभरि सवारि दुर्घटनाको घटना दिनप्रतिदिन बढी रहेका छन । दुर्घटना न्यूनीकरणको लागि अभियानहरु पनि सञ्चालन नभएका होईना तर प्रभावकारी नदेखिरहेको बेला पाल्पामा भने दुर्घटना न्यूनीकरणको नौलो अभियान सुरु गरिएको छ ।

\

जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाले बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सप्ताहब्यापी ट्रफिक सचेतना कार्यक्रम सुरु गरेको छ । दिनानुदिन साना ठुला दुर्घटनाका घटना बढेपछि ‘ठाँउको ठाउँ सुधार’ अभियान सञ्चालन गरिएको हो । पछिल्लो समय पाल्पामा बढ्दो सवारि चाप,व्यस्त राजमार्ग,न्यून ट्रफिक सचेतना, दयनीय सडकको अवस्था र चालकको लापरबाहीका कारण दुर्घटना बढेको कारण पत्ता लगाउर्दै ट्रफिक प्रहरीले जिल्लाको सरोकारवालको समन्वयमा नेपालै पहिलो पटक यस्तो खालको कार्यक्रम सञ्चालन गरेको जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरिक्षक डम्बर गिरिले बताउनुभयो । जिल्लामा साना ठुला दुर्घटना दिनानु दिन बढ्ने तर रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयको खोजि नभएकोले जिल्लामा दुर्घटनालाई शुन्यमै झर्न नयाँ कार्यक्रमको सुरुवात गरिएको प्रमुख गिरीले बताउनुभयो ।

बढ्दो सवारि दुर्घटना चिन्ता र चासोको विषय बनिरहेको समय जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाले गरेको सप्ताहब्यापी कार्यक्रमको सरोकारवाला पक्षले प्रशंसा गरेका छन । दुर्घटना न्यूनिकरणको अभियान सुरुवती अवस्थमा भव्य कार्यक्रमका बिच सुरुवात गरिने तर अांशिक नतिजा देखिन साथ रोकिने समस्य रहेकोले निरन्तरता दिनुपर्नेमा श्रीनगर यातायाता व्यवासायिक समितिका अध्यक्ष डिल बहादुर ढुङगानाले बताउनुभयो ।


जिल्लाको प्रहरी प्रशासनले पछिल्लो समय चुनढुङ्गा बोक्ने ट्रिपरका कारण व्यस्त बनिरहेको सिद्धार्थ राजमार्गको बुटवाल– पाल्पा सडकखण्ड र तानसेन –गुल्मी तम्घास सडकखण्डमा टाईम कार्ड लागु गर्ने देखि साना सवारि साधनलाई ठुला सवारिसाधनले ओभरटेक गर्न निषेध जस्ता दुर्घटना न्युनिकरण महत्पुर्ण कार्यक्रम लागु भइसकेको अवस्थामा यो नयाँ कार्यक्रम थपिनु सुखद पक्ष भएको प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले बताउनुभयो ।

सप्ताहाव्यापी कार्यक्रमलाई निश्चित समय सम्म सञ्चालन नगरि अभियानलाई चौतर्फी रुपमा दिर्घकाल सम्म निरन्तर सञ्चालन गर्ने योजानमा जिल्ला प्रहरी कार्यालय पाल्पा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विशवमणि पोखरेलले बताउनुभयो ।
कार्यक्रमलाई कार्यक्रमको रुपमा मात्र नभएर ट्रफिक प्रहरीले सुरु गरेको नयाँ अभियानलाई सार्थक र सफल बनाउन प्रभावकारी भुमिका निर्वाह गर्न जिल्ला प्रहरी प्रमुख पोखरेलले सरोकारवालालाई सबैलाई आग्रह समेत गर्नुभयो ।

बढ्दो सवारि दुर्घटना न्यूनिकरणका लागि सुरु गरिएको अभियानलाई एउट अभियानको रुपमा मात्र नलिई अभियानलाई नतिजामुखी बनाउनुपर्नेमा सरोकारवालाको जोड रहेको छ । शनिबारबाट सुरु भएको सप्ताहाब्यपी कार्याक्रम एक हप्ता सम्म सञ्चालन हुने छ । तानसेनको टुडिखेलबाट पञ्चेबाज सहितको ट्रफिक सचेतना ्याली निकालिएको थियो । भव्य कार्यक्रमको रातो रिवन काटेर तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले उद्घाटन गर्नुभएको थियो ।

तानसेनको टुडिखेलबाट सुरु भएको ्याली नारायणस्थान चेक, सित्तलपाटी,हुलाकमोड,अस्पताल चोक, लहेरेपिपल हुर्दै बसपार्कसम्म सचेतनामुलक ब्यानर,प्लेकार्ड सहित कार्यक्रम विद्यार्थी,नेपाल प्रहरी,नेपाली सेना,स्थानिय निकाय,जनप्रतिनिधि,सरकारी एवं निजि संघसंस्था,यातायात व्यवासायिहरुको सहभागिता रहेको थियो ।